विश्वकप छनोटको अन्तिम तयारीका लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाण्डौ: आईसीसी विश्वकप क्रिकेट छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

रोहित पौडेलको कप्तानीमा टोली गएराति दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यो टोलीमा सन्दीप लामिछाने भने गएका छैनन् ।

Dengue

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ । जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

आउँदो जुन १८ तारिखमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार