चेन्नई सुपर किङ्ग्सले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । सोमबार बेलुका भएको खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले डिएल पदतीको आधारमा ५ विकेटले उपाधि हात पारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको साविक विजेता गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले ९६ रन जोड्दा रिघिमन शाहले ५४ रन शुबमन गिले ३९ रन जोडे ।

Dengue

जवाफमा २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो । पानी रोकिएपछि चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पायो ।

अन्तिम दुई बलमा १० रन चाहिएको अवस्थामा रविन्द्र जडेजाले एक छक्का र एक चौका प्रहार गर्दै टोलीलाई ५ विकेटले विजयी गराएका हुन् ।

जितसँगै चेन्नईले आइपिएल क्रिकटमा सर्वाधिक ५ पटक उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार