आईपीएल फाइनल : आज पनि अहमदाबादमा वर्षा हुने सम्भावना, खेल रद्द भए के हुन्छ ?

गएराति वर्षाका कारण प्रभावित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदै छ । भारतको अहमदाबादमा वर्षा हुँदा आइतवार राति हुनुपर्ने खेल आज हुने भएको हो ।

फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।

Dengue

भारतीय सञ्चार माध्यमका अनुसार आज पनि अहमदाबादमा भारी वर्षा हुने सम्भावना छ ।

आज पनि वर्षा भए के हुन्छ ?

स्थानीय समयानुसार राति ९:३५ सम्म खेल शुरू भए पुरै २० ओभर खेलाइने छ । ९:३५ पछि खेल शुरू हुँदा ओभर घटाएर खेलाइने छ ।

जस्तै ९:४५ मा खेल शुरू हुँदा १९ ओभर, १० बजे १७ ओभर, साढे १० बजे हुँदा १५ ओभरको खेल खेलाइने छ ।

राति १२:०६ सम्म ‘कटअफ टाइम’ रहनेछ । त्यति बेलासम्म पनि खेल शुरू हुन नसके म्याच रद्द हुनेछ ।

फाइनल रद्द भए के हुन्छ ?
आईसीसी टुर्नामेन्टमा खेल रद्द हुँदा ट्रफी बाँडिन्छ । तर, आईपीएलमा अहिलेसम्म यस्तो कुनै जानकारी नआएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्लेअफमा खेल रद्द हुँदा अंक तालिका अनुसार अगाडि रहेकालाई विजेता मानिन्थ्यो । तर, फाइनलमा यसबारे केही भनिएको छैन ।

तर, आईपीएल फाइनल रद्द हुँदा पनि ट्रफी बाँडिने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार