डोटीको बड्डीकेदार गाउँपालिकामा प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता शुरु

डोटी । डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर ५ मा खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको भलिबल प्रतियोगिताको आज एक कार्यक्रमका साथ बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउँदले उद्घाटन गरेका हुन् ।

Seti Hospital

कार्यक्रमका प्रमुख अथिती समेत रहेका साउँदले खेलकुद स्वास्थ्यका लागि अति आवश्यक हुनुका साथै खेलाडीहरु राष्ट्रका गहना भएको बताएका छन् । उनले भने पालिकाले खेलकुदको प्रवद्धन र खेलाडीहरुको सम्मानका लागि सदैब सहयोग गर्ने बताए ।

वडा नम्बर ५ का कार्यबाहक वडा भिम बहादुर बोहराले खेलकुदको प्रवद्धन गरी युवाहरु बिच एक आपसमा सद्भाव कायम गर्न सहयोग पुगोस भन्ने हेतुले खेलकुद प्रतियोगिताको आयोजना गरेको बताएका छ्न

आज देखि सुरु भएको खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा गाउँपालिका अन्तरगतका विभिन्न वडाबाट ९ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार दोस्रो हुने टिमले १५ हजार र तेस्रो हुने टिमले ७ हजार ५ सय रुपैयाँ पुरुस्कार पाउने छ्न ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार