लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बुधबार राति भएको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै मुम्बई प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । लखनउ भने उपाधि होडबाट बाहिरिएको छ । अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।

Dengue

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउले भने १६,३ ओभरमै अलआउट हुनुअघि १ सय १ रनमात्र बनाउन सक्यो ।

मुम्बईको जितमा आकाश मधवाल नायक बने । लखनउलाई विजयलक्ष्यसम्म पुग्न नदिन उनी एक्लैले ५ विकेट लिए । माधवालले ३.३ ओभर बलिङ गर्दै केवल ५ रन खर्चिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

पियुष चावला र क्रिस जोर्डनले पनि १÷१ विकेट हात पारे । लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । ओपनर काइली मायर्सले १८ र दिपक हुदाले १५ रन जोडे । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।

त्यसअघि मुम्बईका लागि क्यामरुन ग्रिनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादबले पनि ३३ रन बटुले । तिलक बर्माले २६ र नेहाल बधेराले २३ रन जोडे । ओपनर इशान किसनले पनि टोलीको खातामा १५ रन थपे । लखनउका बलर नविन उल हकले ४ र यश ठाकुरले ३ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार