आईपीएल क्रिकेटमा आज दुई खेल हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो पौने चार बजे हुने पहिलो खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुनेछ । बैंग्लोरले टस जितेर ब्याटिङ रोजेको छ ।

त्यस्तै दोस्रो खेलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्नेछन् । नेपाली समयानुसार राति पौने ८ बने शुरू हुने खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ ।

Dengue

राजस्थान १२ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ भने बैंग्लोर १० अंकका साथ तालिकाको सातौं नम्बरमा छ ।

यता चेन्नई १५ अंकका साथ दोस्रो स्थानमा छ भने कोलकाता १० अंकका साथ आठौँ नम्बरमा छ । ​

गुजरात टाइटन्स १६ अंकका साथ पहिलो नम्बरमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार