नेपालले टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले आईसीसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार अमेरिका र वेस्ट इन्डिजमा आगामी वर्ष २०२४ मा हुने टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको हो ।

आईसीसीले टी-२० विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्ने जिम्मा नेपाललाई दिइसकेको क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकले बताए । उनले भने, ‘आईसीसीले विश्वकपको एसिया छनोट आयोजना गर्ने जिम्मा नेपाललाई दिएको छ । तर हामीले आधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनौँ । आईसीसीले नै आधिकारिक रूपमा नेपाललाई आयोजनाको जिम्मा दिएको सार्वजनिक गरेपछि मात्रै हामी पनि बाहिर ल्याउने भनेर बसेका हौँ ।’

Dengue

नेपाल हुने टी–२० विश्वकपको एसिया छनोट नोभेम्बर १ देखि १० तारिखसम्म टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदामा हुनेछ । विश्वकपको एसिया छनोटमा आठ टिमको सहभागिता रहने छन् । जसमा आयोजक नेपालसँगै, ओमान, यूएई, सिंगापुर, हङकङ, बहराइन रहेका छन् । यो प्रतियोगितामा एसिया क्षेत्र ‘ए’ र ‘बी’ बाट दुई टिम छनोट भई आउने छन् ।

एसिया छनोट ‘ए’ मा कतार, कुवेत, माल्दिभ्स र साउदी अरब रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भुटान, मलेसिया, म्यानमार, चीन र थाइल्यान्ड रहेका छन् । यी दुई समूहबाट एसिया छनोटको फाइनल राउण्डमा दुई टिमले स्थान बनाउने छन् । एसिया छनोटबाट दुई टिमले विश्वकपमा स्थान बनाउने छन् । टी–२० विश्वकपमा जम्मा २० टिमको सहभागिता रहने छन् ।

नेपालमा यसै महिना एसीसी प्रिमियर कपको आयोजना भएको थियो । १० टिमको सहभागिता रहेको यो प्रतियोगितामा यूएईलाई फाइनलमा सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको थियो । यो प्रतियोगिताभन्दा अघि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुका सिरिजहरू आयोजना गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार