आईपीएल: राजस्थान ९ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो ।

Dengue

राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।

पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो ।

जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ४८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले ।

बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार