नेपाली महिला क्रिकेट टिमले मलेसियासँग ट्वान्टी–२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियासँग ट्वान्टी–२० शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली महिला टिमले मलेसियासँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने जनाएको हो । मलेसियामा हुने शृंखला आउँदो मे २९ देखि सुरु हुनेछ ।

Dengue

नेपाली महिला क्रिकेट टिमले पछिल्लो पटक गत वर्षको वैशाखमा त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो । त्यसयता हालसम्म कुनै पनि टिमसँग अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेको छैन ।

नेपालले मलेसियासँग मे २९ मा शृंखलाको पहिलो खेल खेल्नेछ । शृंखलाको दोस्रो खेल मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो जुन ३ मा र अन्तिम जुन ५ मा खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार