गायक प्रकाश सपुतलाई अमेरिकामा सम्मान

गायक प्रकाश सपुतलाई अमेरिकामा सम्मान गरिएको छ। अमेरिकाको न्युजर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपले गायक सपुतलाई ‘सिटी प्रोक्लेमेसन अवार्ड’ प्रदान गरेका हुन्।

हाल अमेरिका भ्रमणमा रहेका सपुतको सम्मानमा न्यु जर्सी नेपाली समुदायबाट संयुक्त रूपमा आयोजित विशेष लाइभ सांगितिक साँझका अवसरमा मेयर फुलपले अवार्ड दिएका हुन्।

Dengue

पुरस्कार पाएपछि गायक सपुतले मेयर फुलपप्रति अभार व्यक्त गर्दै खुसी प्रकट गरेका छन्।

‘यो महत्त्वपूर्ण सिटी प्रोक्लेमेसन अवार्डको लागि जर्सी सिटी, NJ, USA का माननीय मेयर स्टिभन फुलपप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरो सांगीतिक यात्राको लागि यो विशेष सम्मान प्राप्त गर्न पाउँदा म अत्यन्तै हर्षित छु’, गायक सपुतले यही मे ६ मा सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै जर्सी सिटीका मेयर सल्लाहकार डा। विष्णुमाया परियार दिदीलाई पनि निस्वार्थ माया र सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। र, न्यानो स्वागतको लागि जर्सी सिटीका नेपाली समुदायलाई धेरै धेरै धन्यवाद।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार