आईपीएलः कलकता र पञ्जाब भिड्दै

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कलकता नाइट राइडर्सले पञ्जाब किंग्सको सामना गर्दैछ । कलकता र पञ्जाबबीचको खेल कलकताको इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

कलकताले आफ्नै घरेलु मैदानमा पञ्जाबलाई पराजित गरेर पाँचौ जित निकाल्न चाहन्छ । उसले यसअघि खेलेका १० मध्ये ४ खेलमा जित हात पार्दा ६ खेलमा पराजय भोगेको छ ।

Dengue

यता पञ्जाब भने छैटौ जितको खोजीमा हुनेछ । पञ्जाबले १० मध्ये ५ खेलमा जित तथा ५ खेलमा पराजयको नतिजा निकालेको छ । पञ्जाब कलकतालाई पराजित गरेर प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।

यसअघि आइतबार भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४ विकेट तथा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले पराजित गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार