बलिउड अभिनेता आमिर खान काठमाडौंमा

काठमाडौं: नयाँ फिल्म ल्याउने योजना बनाइरहेका बलिउडका लोकप्रिय अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् ।

अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् ।

Dengue

आइतबार बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई पूर्व अर्थ राज्यमन्त्री एवं व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए । रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् ।

ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आउनु भएको जानकारी दिदै उनको अन्य कार्यक्रम भने नरहेको बताए ।

खानलाई विमानस्थलबाट सोझै बूढानीलकण्ठ लगिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार