आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेको छ।

कोलकाताले दिएको १७२ रनको लक्ष्य पछ्याएको हेदरावादले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६६ रनमात्रै बनाउन सक्यो।

Dengue

हैदरावादका लागि कप्तान एडेन मारक्रमले सर्वाधिक ४१ रन बनाए। उनले ४० बलमा ४ चौका हाने।

हेनरिच क्लासेनले २० बलमा १ चौका र तीन छक्का प्रहार गर्दै ३६ रन बनाए। अब्दुल सामदले २१, राहुल त्रिपाठीले २० र मयंक अग्रवालले १८ रनको योगदान गरे।

बलिङतर्फ वैभव अरोरा र शारदुल ठाकुरले दुईदुई विकेट लिए। हर्शित राना, आन्द्रे रशेल र अनुकुल रोयले एकएक विकेट लिए।

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेट गुमाएर १७१ रन बनाएको थियो।
कोलकाताका लागि कप्तान नितेश राणाले ३१ बलमा ३ चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाए।

रिंकु सिंहले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए। आन्द्रे रशेलले २४ र जेसन रोयले २० रन बनाए।

बलिङतर्फ माक्रो जनसेन र नटराजनले दुईदुई विकेट लिए। त्यस्तै भूवनेश्वर कुमार, कार्थिक त्यागी, एडेन मारक्रम र मयंक मार्कन्डेले एकएक विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार