‘ज्याकी : आई एम ट्वान्टी वान’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । रेनशा राई राणा निर्देशित डान्स ड्रामा फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ विहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बाको शीर्ष भूमिका रहेको फिल्मलाई आइकोर फिल्म्सले निर्माण गरेको हो ।

२ घण्टा २० मिनेट लामो यो फिल्मलाई डान्स ड्रामा जनरामा राखिएको छ । बेलायती सेनामा भर्ती हुन दुईपटकको प्रयास असफल भएपछि ज्याकी लिम्बू (धीरज मगर) ले डान्सर बन्ने आफ्नो सपना पूरा गर्न काठमाडौं आउनुपर्छ । यसका लागि नेपहपजस्ता चर्चित डान्सर समूहलाई जित्नुपर्ने चुनौती ऊ सामु छ । के रुबी (जसिता) र ज्याकीको डान्स ग्रुप (योद्धा) ले सफलता हासिल गर्ला ? यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

Dengue

फिल्मले मल्टिप्लेक्समा आकर्षक शो पाएको छ । हिपहप जनराको नृत्य र गायनमा रुचि राख्ने दर्शकलाई यो फिल्म प्रीतिकर लाग्न सक्छ । ‘इन्टुमिन्टु लण्डनमा’पछि रेनशाले निर्देशन गरेको यो फिल्मले मल्टिप्लेक्समा राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

फिल्म बिहीबार रिलिज भएकाले धेरै दर्शकलाई यसबारे थाहा नहुन सक्छ । अर्कोतर्फ लगातारको झरीको कारण कतिपय हलको शो प्रभावित बनिरहेको अवस्था छ । यी चुनौतीको बाबजुद ‘ज्याकी स् आई एम ट्वान्टी वान’सामु बक्स अफिसमा राम्रो गर्नुपर्ने चुनौती छ । अहिले पनि हलमा जारी, प्रसाद २, नाइँ नभन्नु ल ६ प्रदर्शन भइरहेका छन् । शुक्रबारदेखि भारतीय फिल्म ‘द केरला स्टोरी’ र हलिउड फिल्म गार्जिन अफ द ग्यालेक्सी भोल्युम ३ प्रदर्शनको तयारीमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार