सन्दीप बने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं: नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन्।

नेपालले प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा स्थान सुरक्षित गर्नमा सन्दीपले सानदार खेल देखाएका थिए।

khadya

प्रतियोगिता भर खेलका ५ खेलमा उनले १३ विकेट लिएका थिए भने ब्याटिङतर्फ ४२ रन बनाएका थिए।

उत्कृष्ट ब्याटरको उपाधि भने यूएईका वृत्य अरविन्दले जिते। वृत्यले ६ खेलमा २ शतकसहित कुल ४५४ रन बनाएका थिए।

त्यसैगरी ओमानका बलर बिलाल खान उत्कृष्ट बलर बने। उनले ६ खेलमा १७ विकेट लिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार