कैलालीमा ट्राफिक प्रहरीको ‘१ घण्टे क्लास’, नियम उल्लंघन गरे यसरी पढाइन्छ पाठ… (भिडियो)

भक्तराज जोशी

धनगढी । दुर्घटना न्यूनिकरणका लागि कैलालीमा ट्राफिक प्रहरीले सक्रियाता बढाएको छ । पछिल्ला दिन कैलालीमा ट्राफिक नियम उल्लंघन र सडक दुर्घटनाका ‘केस’ बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको हो ।

अन्य जिल्लाको हकमा कैलालीमा सडक दुर्घटना बढेकोले सक्रियता बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक विरेन्द्र जोहारीले बताएका छन् । जोहारीका अनुसार हाल कैलालीमा सवारी नियम उल्लंघन गर्नेहरुलाई ट्राफिक नियमको कक्षा समेत सञ्चालन गरिएको छ ।

Dengue

‘पछिल्लो केही समययता कैलालीमा सवारी दुर्घटनाको केस बढेको पाइएको छ । जसमध्ये अधिकांश दुर्घटनाको कारण ट्राफिक नियम उल्लंघन नै रहेको पाएका छौँ’, उनले भने, ‘त्यसैले अहिले जिल्लाभर हाम्रो सक्रियता बढेको छ । नियम उल्लंघन गर्नेलाई १ घण्टाको कक्षासमेत दिने गरेका छा्रैँ ।’ ट्राफिक नियम उल्लंघनको कक्षा सञ्चालन गरेदेखि सवारी चालकमा सवारी नियमबारे चेतना फैलिएको प्रहरी निरिक्षक जोहारीको भनाई छ ।

प्रहरी निरिक्षक जोहारीका अनुसार तिव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लेन अनुशासन नमान्नेलाई शुक्रबार–शुक्रबार १ घण्टे कक्षा सञ्चालन गरिएको छ । अन्य ट्राफिक नियम उल्लंघन गरेमा ‘अन द स्पट’ पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म जरिवाना गरिने इन्सपेक्टर जोहारीले बताएका छन् ।

यस्तै उनले धनगढीको ट्राफिक व्यवस्थापनको मुख्य चुनौति अटोरिक्सा भएको बताए । ‘धनगढीको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौति भनेको अटोरिक्सा हो’, उनले भने, ‘यो समस्या समाधानका लागि पनि छलफल गरेका छौँ । छिट्टै केही टुँगो लाग्छ ।’ योसँगै इन्सपेक्टर जुहारीले सबैलाई ट्राफिक नियमको सही रुपमा पालना गर्नसमेत आग्रह गरेका छन् ।

ट्राफिक नियम उलंघन गर्दा के के सजाय हुन्छ,कसरी दिइन्छ सर्वसाधारण लाई कक्षा : जिल्ला ट्राफिक कार्यालय कैलालीको रिपोर्टिङ Youtube:https://youtube.com/@Call24News-ro4it Tik Tok:call24news

Posted by Call24News on Friday, April 28, 2023

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार