सुत्नु अघि अनुहारमा लगाउनुस् यी २ चिज, दाग धब्बा गायव हुन्छन्

काठमाडौं । आफ्नो मुहार सुन्दर बनाउनका लागि महिलाहरुले धेरै कार्यहरु गरिरहेका हुन्छन्, ताकी आफनो मुहार अझै निखार र सुन्दर देखियोस् । यसका लागि उनीहरुले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।

तर, तपाईलाई यो थाहा नहुन सक्छ कि आफ्नै घरमा भएका सामाग्रीहरु प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ । त्यसका लागि तपाईले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्नु हुन्छ ।

Dengue

कागतीमा भिटामिन सी पाईन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ । आउनुहोस, जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसवाट हुने फाईदाका बारेमा ।

मुहारमा कागती र टमाटर लगाउनुको फाइदा:

छालालाई शितलताः चर्को घामले छालामा समस्या ल्याईरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ ।

सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्य तगर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयोगी रहेको छ ।

एन्टी–एजिंग मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरु पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ ।

यसका लागि कागतीको रसमा महको मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेट पछि सफा पानीले अनुहार पखाल्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार