चेन्नईमाथि राजस्थान हावी, आज पञ्जाब र लखनउबीच भिडन्त

काठमाडौं: भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति जयपुरको मैदानमा भएको खेलमा राजस्थानले चेन्नई सुुपर किंग्सलाई पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतिमा २०२ रन बनायो । ओपनर यशस्भी जैसवालले ४३ बलमा ७७ रन बनाए भने ध्रुब जुरेलले १५ बलमा ३४ रन बनाए । त्यस्तै देवदत्त पडिक्कलले १३ बलमा २७ रन बनाए ।

Dengue

जवाफमा चेन्नईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । शिवम दुबेले३३ बलमा ५२ तथा ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए । एडम जम्पाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।

आज एउटा खेल हुँदैछ । बेलुकी ७ः४५ बजे पंजाब किंग्स र लखनउ सुपर जाइन्टस भिड्दै छन् । खेल मोहालीमा हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार