एसीसी प्रिमियर कप: टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाण्डौ: एसीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा भइरहेको हो । कतारले टस जितेर बलिङ रोजेको छ ।

आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । कतार जितविहीन रहँदै पुछारमा छ । यस्तै, अहिले समूह बी मा रहेका हङकङ र कुवेतबीच पनि मूलपानी मैदानमा खेल भइरहेको छ । हङकङले टस जितेर बलिङ गरिरहेको छ । समूह बी बाट अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ ।

Dengue

आज हङकङ र कुवेतबीचको विजेता टोली नै सेमिफाइनलमा पुग्नेछ । हङकङको ५ र कुवेतको ४ अंक रहेको छ । खेल बराबरी भएमा वा रद्द भएमा हङकङ नै सेमिफाइनलमा पुग्नेछ । एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार