प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल

काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगै दलका प्रमुख सचेतको सहभागी हुनुहुन्छ ।

Dengue

बैठकमा एमाले संसदीय संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार