सुदूरपश्चिम प्रदेशस्तरिय उसु छनौट प्रतियोगिता शुरु

धनगढी : १३ औं राष्ट्रपति रनिङ प्रतियोगिता अन्र्तगत सुदूरपश्चिम प्रदेशस्तरिय उसु छनौट प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा धनगढी रंगशालामा एक समारोहकाबिच प्रतियोगिताको समुदघाटन गरिएको हो । परिषदका सदस्य झलक शाहले खेलकुद सामाग्री हष्तान्तरण गरेर प्रतियोगिताको समुदघाटन गरेका थिए । सो अवसरमा उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई अनुरोध गरे ।

Dengue

परिषदकी सदस्य दुर्गा भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा परिषदका पदाधिकारी, कार्यालय प्रमुख, जिल्ला खेलकुद समितिका सदस्य, उसु प्रशिक्षक, खेलाडी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता भोली (सोमबार) सम्म सञ्चालन हुने उसुका प्रशिक्षक रतन खातीले बताए । प्रतियोगितामा प्रदेशका पाँच जिल्लाका खेलाडीहरुको सहभागिता रहेको उनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार