कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर लगेको छ। उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए। नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ।
उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो।
प्रतिक्रिया दिनुहोस्