आईपीएल : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार पाँच हारपछि पहिलो जित निकालेको छ ।
बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै दिल्लीले हारको श्रृंखला अन्त्य गरेको छ ।

पहिलो जितपछि ६ खेलबाट २ अंक जोडेको दिल्ली अझै अंक तालिकाको पुछारमै छ । कोलकताको भने यो लगातार तेस्रो र समग्रमा चौथो हार हो । ६ खेलबाट ४ अंक जोडेको कोलकता आठौं स्थानमा छ ।

Dengue

बलरहरुको उत्कृष्ट प्रदर्शन र कप्तान डेविड वार्नरको अर्धशतकमा दिल्लीले पहिलो जित हात पारेको हो । वार्नरले सर्वाधिक ५७ रन बनाएपछि दिल्लीले १२८ रनको लक्ष्य १९.२ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ४१ बल खेलेका वार्नरले ११ चौका प्रहार गरे ।

मनिस पाण्डेले २१ र पृथ्वी शले १३ रन जोडे । अक्षर पटेलले २२ बलमा अविजित १९ रन बनाए ।

कोलकताका वरुण चक्रवर्ती, अनुकुल रोए र कप्तान नितिश राणाले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

कोलकताका लागि ज्यासन रोएले सिजनको पहिलो खेल खेल्दै सर्वाधिक ४३ रन बनाए । ३९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

आन्द्रे रसेलले ३१ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा अविजित ३८ रन बनाए ।

बलिङमा दिल्लीका इशान्त शर्मा, एनरिक नोर्किअ, अक्षर पटेल र कुलदिप यादवले समान २ विकेट लिए । मुकेश कुमारले १ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार