आईपीएल क्रिकेट : लखनऊले राजस्थानलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चौथो जित निकालेको छ।

सवाई मानसिंह स्टेडियम जयपुरमा गएराति भएको खेलमा लखनऊले साबिक उपविजेता राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो।

Dengue

लखनऊले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनायो।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ३५ बलमा सर्वाधिक ४४ रन र ओपनर जोस बटलरले ४१ बलमा ४० रन बनाए।

पहिलो विकेटका लागि यशस्वी र बटलरले ८७ रनको साझेदारी गरे। देवदत्त पाडिकलले २१ बलमा २६ रन बनाए।

लखनऊका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो।

लखनऊका लागि ओपनर केल मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेले।

अर्का ओपनर तथा कप्तान केएल राहुलले ३२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए। दुवैले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे।

मार्कस स्टोइनसले १६ बलमा २१ रन बनाउँदा निकोलस पुरनले २० रन बनाए। कुर्नाल पाण्ड्या २ बलमा ४ रन बनाउँदै अविजित रहे। राजस्थानका लागि रविचन्द्रन आश्विनले २ तथा सन्दीप शर्मा,जेसन होल्डर र ट्रेन्ट बोल्टले समान १र१ विकेट लिए।

छैटौँ खेलमा चौथो जित निकालेको लखनऊ १० टोली सहभागी लिगमा आठ अंकसहित दोस्रो स्थानमा कायम छ। राजस्थान ६ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार