महेन्द्रनगरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

महेन्द्रनगर। भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना युवक पक्राउ परेको छन्।

१७ मिलिग्राम खैरो हेरोइन र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–३ बस्ने २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

Dengue

यस्तै कैलालीका भजनी नगरपालिका–५ कव्वाखेडाबाट पनि खैरो हेरोइनसहित प्रहरीले सोही नगरपालिका–३ कनैयापुर बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनको साथबाट ३ ग्राम ८० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो। ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार