आइपीएलमा आज दुई खेल : बेङ्ग्लोर र दिल्ली तथा लखनउ र पञ्जाव भिड्दै

इण्डियन प्रिमियर लिग (आइपीएल) मा शनिवार दुई खेल हुँदैछ। पहिलो खेल अपराह्न ३:४५ बजे चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्सबिच हुनेछ भने ७:४५ बजे अतल बिहारी वाजपायी एकना क्रिकेट स्टेडियममा लखनउ सुपर जायन्ट्स र पञ्जाव सुपर किङ्ग्स भिड्ने छन्।

बेङ्ग्लोर फाफ डु प्लेसिस र दिल्ली डेभिड वार्नरको कप्तानीमा तथा लखनउ केएल राहुल र पञ्जाव शिखर धवनको कप्तानीमा मैदानमा उत्रिनेछन्।

Dengue

तीन खेल खेलेको बेङ्ग्लोरले एकमा जित निकालेको छ भने दुई खेलमा हार व्यहोर्दै अंकतालिकाको आठौँ स्थानमा छ। बेङ्गलोरले पहिलो खेलमा मुम्बईलाई हराएको थियो भने दोस्रो खेलमा कोलकाता र तेस्रोमा लखनउसँग पराजित भएको थियो।

यता, चार खेल खेलेको दिल्ली पहिलो जितको खोजीमा छ। हाल अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको दिल्ली पहिलो खेलमा लखनउ, दोस्रो खेलमा गुजरात, तेस्रो खेलमा राजस्थान र चौथोमा मुम्बईसँग पराजित भएको थियो।

त्यस्तै, चार खेल खेलेको लखनउले तीनमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको दोस्रो स्थानमा छ। पहिलो खेलमा दिल्लीलाई हराएको लखनउ दोस्रो खेलमा चेन्नइसँग पराजित भएको थियो। यस्तै, लखनउले तेस्रो खेलमा हैदरावाद र चौथोमा बेङ्ग्लोरलाई हराएको थियो।

उता, चार खेल खेलेको पञ्जावले दुईमा जित र दुई खेलमा हार भोगेको छ। हाल तालिकाको छैठौँ स्थानमा रहेको पञ्जावले पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा राजस्थानलाई हराएको थियो भने तेस्रो खेलमा हैदरावाद र चौथोमा गुजरातसँग पराजित भएको थियो।

गएराति भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले हराएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार