आईपीएलमा आज कोलकताको सामना गर्दै हैदरावाद

काठमाडौं: इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज सनराईजर्स हैदरावादले कोलकत्ता नाइट राईडर्सको सामना गर्दैछ।

खेल कोलकताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

Dengue

कोलकत्ता आज लिगमा तेस्रो जित निकाल्दै शीर्षस्थानमा रहेका तीन टिमसँग अंक बराबर गर्ने दाउमा छ। हालसम्म ३ खेलमा २ जितका साथ ४ अंक जोडेर कोलकता लिगको चौथों स्थानमा छ।

लिगको शीर्षस्थानमा रहेका राजस्थान, लखनउ र गुजरातको ४ खेलबाट समान ६ अंक छ।

यता हैदरावाद भने लिगमा दोस्रो जितको खोजीमा छ। सुरुवाती खेलमा राम्रो लयमा नरहेको हैदरावादले ३ खेलमा मात्र १ जितसहित २ अंक जोडेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार