सुदूरपश्चिमका तराई क्षेत्रमा दिउँसो र बेलुका हावाहुरीको सम्भावना

काठमाण्डौ: काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सामान्यतया सफा छ । दिउँसो पछि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद् रोजना लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । पानी नपर्दा गर्मी बढेको छ भने डढेलो, धुवाँधुलोलगायतका कारण वायु प्रदूषण बढेको छ ।

khadya

यस्तै, आज सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने हुँदा त्यस आसपासका क्षेत्रका नागरिका सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार