फ्राइडे रिलिज : एकसाथ भिड्दै ‘बिहे पास’, ‘जारी’ र ‘बुलाकी’

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर आज शुक्रबारबाट तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘बिहे पास’, ‘बुलाकी’ र ‘जारी’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी तीनै फिल्म देशभर एकअर्कोसँग भिड्न लागेका हुन् । तीन मध्य दुई ‘जारी’ र ‘बुलाकी’ जारी प्रथामा बनेको फिल्म हो, भने ‘बिहे पास’ ले विवाहका लागि सरकारी जागिरको सङ्घर्ष गर्ने एक युवाको कथा उठाएको छ । तीनै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरेको छ ।

‘बिहे पास’: प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेल लगायतको अभिनय रहेको फिल्म हो । पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।

Dengue

शिव ढकालको छायाङ्कन रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह निर्माता रहेको फिल्म दर्शकलाई नयाँ वर्ष २०८० को उपहार स्वरूप रिलिज गरिएको हो । ‘बिहे पास’ फिल्म वितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोस्रो फिल्म हो ।

जारी’: अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पतिपत्नीको भूमिका निर्वाह गरेको फिल्म उपेन्द्र सुब्बाले लेखेका हुन् । लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा बनेको फिल्म निर्देशक सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय देख्न सकिन्छ ।

‘बुलाकी’: टोपेन्द्र विष्टको निर्माण रहेको फिल्म ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । नरेन खड्का, सुरक्षा पन्त र बिराज बिस्टको मुख्य भूमिका रहेको फिल्म स्व।मोती बिस्टको प्रस्तुति रहेको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म कर्णाली भेगको जनजीवन र जारी प्रथामा आधारित रहेको छ । फिल्मको वितरण गोपाल कायस्थ र एफडिले गर्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार