आईपीएलमा चेन्नाइमाथि राजस्थानको रोमाञ्चक जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई तीन रनले हराउँदै रोमाञ्चक जीत हात पारेको हो । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

Dengue

चार खेलबाट लखनउ सुपर जायन्ट्सको पनि समान ६ अंक छ तर राजस्थान रनरेटमा अघि छ । दोस्रो हारपछि चार खेलबाट चार अंक रहेको चेन्नाइ पाँचौ स्थानमा छ ।

राजस्थानले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाइले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनायो ।

जितका लागि चेन्नाइलाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो । जसमा कप्तान महेन्द्रसिंह धोनीले २ छक्का प्रहार गरेपनि चेन्नाइले १७ रन मात्र जोड्न सक्यो ।

चेन्नाइका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौका प्रहार गरी ५० रन बनाए । अजिक्का रहानेले १९ बलमा २ चौका र १ छक्का मद्दतमा ३१ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए । रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्का प्रहार गरी अविजित २५ रन बनाए ।

राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २ तथा सन्दीप शर्मा र एडम जाम्पाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको मदतमा ५२ रन बनाए । देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाए ।

रविचन्द्रन आश्विन २२ बलमा ३० र शिमरन हेटमायरले १९ बलमा अविजित ३० रन जोडे ।

चेन्नाइका लागि तुशार देशपान्डे, रविन्द्र जडेजा र आकाश सिंहले २-२ तथा मोइन अलिले १ विकेट लिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार