एमालेको ‘मिसन ग्रासरुट’मा कैलालीका चार पालिकाको समिक्षा

कैलाली । नेकपा (एमाले)को मिसन ग्रासरुट कार्यक्रमको मंगलबार कैलालीको अत्तरियामा चार पालिकाको समिक्षा गरिएको छ । केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको उपस्थितिमा गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाको सयुक्त समिक्षा भएको हो ।

समिक्षा कार्यक्रममा बोल्दै प्रदेश इन्चार्ज भट्टले पार्टी एकता, संगठन सृदृढीकरण, संगनात्मक अराजकताको अन्त्य र अनुशासित पार्टी बनाउन मिसन ग्रासरुट अभियान चलाइएको बताएका छन् । सो अवसरमा उनले सुदूरपश्चिममा विसु पर्वको ठूलो महत्व रहेकोले पर्वका अवसरमा पार्टी भित्रका मनमुटाव र कमजोरीलाई सिस्नु लगाएर अन्त्य गर्ने गरेर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा एक कार्यक्रम गरिने जानकारी दिए । सुदूरपश्चिममा विसु पर्व नयाँ वर्षसंगै मनाउने चलन छ ।

Dengue

सो कार्यक्रममा बोल्दै कैलालीका चार पालिकामा मिसन ग्रासरुटको नेतृत्व गरिरहेका एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले युवा पुस्तालाई सैद्धान्तिकरुपमा प्रशिक्षित गरेर पार्टी काममा लगाउनु पर्ने बताउदै पार्टी निकट सबै भातृ संगठनमा प्रतिस्पर्धा गर्न दिनु पर्ने भावना आम कार्यकर्ताको रहेको बताएका छन् । त्यस्तै, उनले एमालेभित्रका अराजकता र आन्तरिक समस्या ग्रासरुट अभियानपछि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

पार्टीका प्रदेश कमिटी सचिव धर्म राज पाठकले पार्टीका सबै सदस्यले सबै ठाउँमा अवसर पाउँछन भन्ने नै हुँदैन भन्दै पार्टी सरकारमा गएपछि जनताका पक्षमा काम गर्ने भएकोले पार्टी बलियो बनाउन सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् । पार्टीका कैलाली जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले ३६४ दिन एमाले हुने, ३६५ औं दिनमा अर्को पार्टीलाई भोट हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

त्यस्तै, जिल्ला सचिव डेजी पाण्डेयले मिसन ग्रासरुट कार्यक्रमले एमाले कार्यकर्ता उत्साहित भएको बताउदै यो उत्साह २०८४ को चुनावसम्म कायम राख्नुपर्ने बताए । सो कार्यक्रममा गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाका अगुवा कार्यकर्ताको सहभागिता थियो । सो अवसरमा चारवटै पालिकाका प्रतिनिधिहरुले ती पालिकामा एमालेको अवस्था बारे प्रतिवेदन पेश गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार