राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पाैडेललाई केपी ओली युवा प्रतिभा पुरस्कार

बाँके – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विश्व कप छनोटमा पुर्‍याउन भूमिका खेलेको भन्दै कप्तान पौडेललाई यो पुरस्कारबाट सम्मान गरिएको हो । नेपालगञ्जमा सोमवारदेखि सुरु भएको युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेकसहित ट्रफी प्रदान गर्नुभयो ।

Dengue

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभयो । एमालेले तीन वर्षको अवधिमा विकास र समृद्धिका लागि नमुनायोग्य काम गरेको दाबी गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको आरोप लगाउनुभयो ।

यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा झन्डै दुई हजार जना प्रतिनिधिको सहभागिता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार