बाजुराको रानीवन क्लब गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश

धनगढीः बाजुराको रानीवन क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ।

कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तरगत बिहीवार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो।

Dengue

खेलको २ मिनेटमै गौरव रावतको हेडर गोल मार्फत बाजुराले अग्रता लिएको थियो। ४० औँ मिनेटमा दिनेश रेग्मीले एक गोल थप्दा पहिलो हाफमा बाजुराले २–० को अग्रता बनायो। पुलिसका तर्फबाट खेलको ५३ औँ मिनेटमा चक्र बलायरले गोल गर्न सफल भए। त्यसपछि पुलिस खेलमा फर्कन नसक्दा प्रतियोगिताबाट नक आउट हुन पुग्यो। खेलको प्लेयर अफ दी म्याच रानीवन क्लब बाजुराका मिलन रेग्मी चुनिए।

प्रतियोगिता अन्तरगत शुक्रबार बर्दिया र कञ्चनपुरको टिम प्रतिस्पर्धा गर्नेछन्।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ। आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार