राष्ट्रियता झल्किने गीतमा भानुभक्त जोशीको कलम, “डाँफे हिमाल” गीत सार्वजनिक

काठमाडाैं – चर्चित डेउडा गायक भानुभक्त जोशीको लय शब्दमा रहेको “डाँफे हिमाल, हाम्रो नेपाल” गीतको भिडियो सर्वाजनिक भएको छ । यस गीतमा जोशीले राष्ट्रियता झल्किने शब्द समावेश गरि कलम चलाएको छ । सम्झना म्यूजिक फिल्मस्को युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । जसमा गायक सेरि औजी र गायिका चिना बिकले स्वर दिएका छन । थापा कमल बिबेकले सम्पादन गरेको उक्त भिडियोलाई बिनोद भण्डारी र सुवाश विष्टले छायांकन गरेका छन् । नरेश कुमार एम र रमेश धामी सम्झना मायालुको निर्देशनमा तयार पारिएको उक्त गीतमा अभिनय समेत नरेश कुमार एम र यशोदा अधिकारीले गरेको छ ।

फेवातालमा माछापुच्छे, सुनको प्याला उडेजस्तो डाँफे हिमाल भनि गीतमा नेपालको बयान गरेको छ । गीतमा नेपाललाई स्वर्गको तुलना गरेको छ । स्वर्गका राजा मानिने इन्द्र समेत नेपाल देखेर खुसी हुने गायक जोशीले गीतमा समावेश गरेको पाइन्छ । मेची वारी काली पारी प्रकृतिको काख रहेको अनि उच्च शिखर सगरमाथा समेत रहेको नेपाललाई प्रकृतिले समेत झिलिमिली पारेको भनि नेपालको बयान गरेको छ ।
भगवानले समेत तपस्या गरेको यो पूण्यभूमि नेपाल भएको र नेपालीहरुले सुन्दर देशलाई हत्केलामा राखि माया गरिरहेको भनि गायक जोशीले शब्द समावेश गरेको पाइन्छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार