होलीलाई रातो रंगले स्वागत गर्दै नेप्से परिसूचक

काठमाडाैं – आज पनि नेप्सेले ओारालो यात्रालाई निरन्तरता दिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा झरेको छ । यस दिन ओरालो लागेसँगै नेप्से परिसूचक टेवा क्षेत्रभन्दा तल झरेको छ। गत साताको अन्तिम कारोबार दिन टेवा क्षेत्रमा बन्द भएको नेप्से, यस दिन सोभन्दा तल झरेको हो। अब नेप्सेको टेवा क्षेत्र १८०० देखि १८५० सम्मको क्षेत्र रहेको छ ।

नेप्से घटेपनि यस दिन सुपरमाई हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयर यसै दिनदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ९० पैसा बढेर ३२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार