कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले घर-घरमा होली खेलेर होली पर्व मनाउँदै

कैलाली – कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली मनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका दार्चुलेलीहरुको घरमा होलि खेल्ने उद्देश्यले  शनिबार देखि होलीको सुरुवात गरिएको हो । शनिबार बिहान १० बजे मालिकार्जुन सेवा समितिको हल तारानगर बाट होलि सुरु हुँदै बिशालनगर पूगेर समापन गरिएको छ । आज पुन: होली खेलिने छ ।

पुरानो संस्कृतिको जगेर्ना, सामाजिक सद्भाव र सेवा समितिलाई आर्थिक सहयोग जुटाउनको लागि खेलिएको होलिमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्र देव बिष्टले बताए । बिष्टका अनुसार होलि पर्वमा हर्षउल्लासका साथ सामाजका अग्रज, मालिकार्जुन सेवा समितिका पदाधिकारी, बिद्यार्थी लगायत अन्य समेत सहभागी छन् ।

Dengue

विभिन्न गाथा गाउदै खेलिने होलि पर्वमा सुखदुःख का कुरा, भेटघाट, रमाइलो हुने र आफ्नो संस्कृति लाई पनि बचाउनु पर्ने भएकाले होलि खेल्नु पर्ने मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार