इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु

एजेन्सी – इन्डोनेसियाको एक इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ५० जना भन्दा बढी मानिसहरू घाइते भएका हुन् । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अघिकांश घाइतेहरुको शरीरका विभिन्न भाग जलेको अधिकारीहरुले बताएका छन् । शुक्रबार इन्डोनेसियाको राज्य उर्जा कम्पनी पर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा आगलागी भएपछि नजिकै रहेको आवास क्षेत्रमा आगो फैलिएको थियो ।

धनगढी सूचना

उत्तरी जकार्ताको तानाह मेराह नजिकैको घना बस्तीमा आगो फैलिएको हो । आगो नियन्त्रण गर्नका लागि सेना, प्रहरी र स्थानीय सर्वसाधारण खटिएको त्यहाँको सरकारले जनाएको छ । आगलागी सुरु भएसँगै आवास क्षेत्रमा रहेका सर्वसाधारणलाई घर बाहिर निकालिएको थियो ।

वर्षाको समयमा पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको सुरक्षाकर्मीको प्रारम्भीक अनुमान गरिएकाे छ । वर्षासँग परेको चट्याङका कारण आगो फैलिएको अधिकारीहरुको दावी छ । आगालागीबाट देशको इन्धन आपूर्तिमा भने समस्या नहुने जनाइएकाे छ ।

इन्डोनेसियाका राज्य स्वामित्वको उद्यम मन्त्री एरिक थोहिरले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेको उद्दार र उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार