त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई पठाएका छन् । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।

विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।  एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुने भएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार