महोत्तरीबाट घुससहित नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

वीरगञ्ज – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको रकमसहित महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण पक्राउ परेका हुन् । अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दहालले जानकारी दिए ।

Dengue

फागुन १८ गते श्रीसुभाष भू–सेवा केन्द्र जलेश्वर महोत्तरीबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार