कैलालीको खरौला सामुदायिक वनमा पुरुष र महिला मृत अवस्थामा भेटिए !

कैलाली –  कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो उनीहरु दुवै जना सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार दुवै जना छिमेकी हुन् ।

Dengue

छिमेकीहरुका अनुसार ललितादेवी बाख्रा चराउन जंगलमा गएकी थिइन् भने दास केकति कारणले जंगलमा गएका थिए ? भन्ने खुलेको छैन । गाइगोरु चराउन गएका बालबालिकाहरुले दुवै जना रुखमा झुण्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक प्रेम खड्का नेतृत्वको टोलीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको छ । घटनाको अनुसन्धान जारी छ । मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार