ग्रिसमा दुईवटा रेल एक आपसमा ठोक्किदा १६ जनाको मृत्यु, गभर्नरले भने – ‘निकै ठूलो दुर्घटना भयो’

काठमाडौं – ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ ।

Dengue

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

स्थानीय सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा गभर्नर कोस्टास अगोरास्टोले भनेका छन्, ‘निकै ठूलो दुर्घटना भयो । यो भयंकर रात रह्यो । दुर्घटनाको दृष्य यति भयानक थियो कि वर्णन गर्न गाह्रो छ ।’

भिडियो फुटेजहरुमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ । हेड ल्याम्प लगाएका उद्धारकर्ताहरुले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरुको उद्धार गरेका थिए ।

उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण खुलेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार