आईसीसी क्रिकेट विश्वकप लिग टु : पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्यूगिनीले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।
युएईमा सुरु शृखंलाको पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार