महेन्द्रनगरबाट धनगढी जादै गरेको हाइस दुर्घटना !

कैलाली – कञ्चनपुरबाट कैलालीको धनगढी जाँदै गरेको हाइस दुर्घटना भएको छ। महेन्द्रनगरदेखि धनगढी जाँदै गरेको हाइस शुक्लाफाँटा–११ कलुवापुरमा दुर्घटना भएको हो। बा४ख २३०३ नम्बरको हाइस शुक्लाफाटा नगरपालिका–११ कलुवापुर नजिकै वाइरिङ्ग सर्ट्सर्किट भएर दुर्घटना भएको हो।

दुर्घटनामा चार जना सामान्य घाइते भएका छन्। दुर्घटनामा परेर घाइते हुनेमा चालक बेदकोट नगरपालिका–२ बसन्थलाका मदन सुनार, बेदकोट–४ बगुनका ४९ वर्षीय शंकरदत्त भट्ट, उनकी श्रीमती ३५ वर्षीया नन्दा भट्ट र दार्चुलाको मार्मा गाउँपालिका–१ दहका ५५ वर्षीय हर्कसिंह धामी रहेका छन्।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार