राप्रपाको आकस्मिक बैठक बस्दै, सरकारमा रहने/नरहने बारे निर्णय गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

शुक्रबार साँझ नै राष्ट्रपतिमा प्रस्तावक र समर्थक नबस्ने बताएको राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे पनि शनिबार बस्ने बैठकले निर्णय गर्ने बताइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार