एनटिभीका डा‍. टंक उप्रेती बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाडाैं – नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता डा‍. टंक उप्रेती यस वर्षको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। उनलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले काठमाण्डौको पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी ५० हजार रुपैँया राशीको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

बृतचित्र लगायतका प्रसारण माध्यमबाट बिभिन्न बिषय बस्तुका बारेमा जानकारी गराई योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले जानकारी दिइन । पत्रकारितासँगै उनले निबन्ध र कविताहरुमा पनि कलम चलाइरहेका छन् । उप्रेतीको ‘अनुभूतिका अक्षरहरु’, ‘शब्दहरुको नेपथ्य’, ‘गजुर पग्लिएर’ (लामा कथा संग्रह), ‘निगुरोको खरानी’ (लामा कथा संग्रह) र ‘यतै कतै’ (सामूहिक कविता संग्रह) प्रकाशित भइसकेका छन् ।

Dengue

डा. उप्रेतीले आमसञ्चार र पत्रकारितामा विद्यावारिधि गरेका छन्। नेपाल टेलिभिजनको स्थायी कर्मचारी समेत रहेका उप्रेतीले २०४६ सालदेखि निरन्तर नेपाली साहित्यमा र पत्रकारितामा कलम चलाइरहेका छन्।

त्यसैगरी कार्यक्रममा प्रतिष्ठानले प्रसिद्ध समालोचक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतमलाई राष्ट्रिय कला श्री पुरस्कार प्रदान गरेको छ । त्यसको राशी १ लाख रुपैँया रहेको छ ।  कवि तथा निवन्धकार भूपिनलाइ, स-सिद्दि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरेको छ । त्यसको राशी ७५ हजार रुपैँया रहेको छ । त्यसैगरी फोटो पत्रकार जगदिश तिवारीलाइ ५० हजार रुपैँयाको थिरछाँया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी ५० हजार रुपैँया राशीको पद्यनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कारबाट गायिका मोलिना राई पुरस्कृत भएकी छन् ।  । सो अवसरमा वरिष्ठ साहित्यकार  बैरागी काइँला, प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी, श्रष्टाहरुको श्रीवृद्धिमा प्रतिष्ठानले प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार