नेपाल प्रहरीका डिआइजी अशोक सिंहद्वारा पदबाट राजीनामा

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन ।

Dengue

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार