आजबाट हात्तीपाइले विरुद्धको औषधि खुवाइदैँ, सुरक्षित भएकाले ढुक्कासँग खाना आग्रह

काठमाडौं – आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा अभियान सञ्चालन हुने बताउनुभयो ।

डा. दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ । सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा समस्या जीवित छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षाकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ ।

Dengue

यो औषधि सुरक्षित भएकाले ढुक्कासँग खाना आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार