दाजुबहिनीको माया समेटिएको भानुभक्त जोशीकाे “काफल पाक्या” गीत बजारमा (भिडियाे सहित)

काठमाडाैं – चर्चित डेउडा गायक भानुभक्त जोशीको डेउडा गीत “काफल पाक्या” सार्वजनिक भएको छ । उक्त गीतमा भानुभक्तलाई स्वरमा सरस्वती धामीले साथ दिएको छ । बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरेको उक्त गीतमा भानुभक्त जोशीको शब्द, लय तथा संगीत रहेको छ भुवन बिरहीले संगीत संयोजन गरेका छन् ।

गीतमा भीम थापाको निर्देशन रहेकाे छ भने नरेश एरले छायाकंन गरेको छ । यसैगरी बिनोद बमले सम्पादन गरेकाे छ भने गीतमा भानुभक्त जोशी, सरस्वती धामी, जनक, सुरेश, बिष्णुले अभिनय गरेका छन् ।

Dengue

बालापनमा दिदिभाईसँगै हुदाको क्षण र हाल दिदि पराई घर गएको र दाई प्रदेशमा भएको कथालाई गीतमा समावेश गरिएको छ । सुदूरपश्चिममा चैत महिना दाइले दिदीबहिनीलाई भेट्न जाने चलन रहिआएको छ । सोहि प्रचलनलाई गीतमा समेट्ने प्रयास गरिएको छ । दाई बहिनी टाढा भएकाले चैत्र महिनामा बहिनीलाई भेट्न नपाएको पीडालाई गीतमा प्रस्तुत गरिएको छ।

उदासी महिनाको रुपमा लिइने चैत्र महिनामा आफु प्रदेश भएकाले भेट्न नआउन सकिने र सानो उमेरमा आमाको काखमा सँगै खेलेको सम्झना आइरहेकोले दाइले गीतमा व्यक्त गरेको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार