बहिनी र दाजुको कथा समेटिएको भानुभक्तको नयाँ डेउडा गीत ‘काफल पाक्या’ सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित डेउडा गायक भानुभक्त जोशीको नयाँ डेउडा गीत ‘काफल पाक्या’ सार्वजनिक भएको छ । गीतमा कारुणिक एवं मार्किक शब्दहरु छन् । बहिनी र दाजुबीचको प्रेमलाई गीतमा दर्शाइएको छ । दाजुले गाउँ छोडेर प्रदेश जादा बहिनीलाई मनका बह पोखेका छन् । भने बहिनीले पनि जसको भाइहरु छन् सबै चैतको महिना भेट्न जाने र मलाई भेट्न को आउला भनेर विलाप गरेको देख्न सकिन्छ । सुदूरपश्चिममा चैत्र महिनामा दिदीबहिनीहरुलाई भेट्ने चलन छ ।

गीतमा भानुभक्त र सरस्वती धामीले स्वर दिएका छन् भने शब्द संंगीत भानुभक्तको रहेको छ । भुवन विरहीले गीतलाई संयोजन गरेका हुन् । गीत विग परिबेश स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियो निदेर्शन भीम थापाले गरेका हुन् भने छायांकन नरेश ऐर ले गरेका हुन् । गीतमा भानुभक्त, सरस्वती, जनक सुरेश र विष्णुको अभिनय देख्न सकिन्छ । मुख्य भुमिकामा भने भानुभक्त र सरस्वती रहेका छन् । पोष्ट प्रोडक्सन निरन्तर मिडिया प्रालिले गरेको हो ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार