टर्कीमा फेरि शक्तिशाली भूकम्प

काठमाडौं – टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Dengue

केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।

भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार